‘नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान तयार’

‘नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान तयार’

पाकिस्तानी राजदुत सैयद हैदर शाहले कोभिड महामारीमा पनि खेलकुद र वाह्य गतिविधिको महत्व झन् बढेको उल्लेख गरेका छन् । उनले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले नेपालले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै समय नलाग्ने उल्लेख गर्दै भने, ‘नेपालको क्रिकेट सपना साकार पार्न पाकिस्तान सहयोगको निम्ति इच्छुक छ ।’

राजदुत हैदरले नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ । सातौं संस्करणको प्रतियोगिता एक कार्यक्रमका बीच आज बिहान उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन् । मेयर शाक्यले यस्ता खेलकुद प्रतियोगिताहरू आयोजना गर्न दूतावासको पहलको प्रशंसा गरेका छन् ।

नौ दिनसम्म चल्ने प्रतियोगितामा १२ वटा क्रिकेट टोलीको सहभागिता छ । प्रतियोगिता फागुन २६ गते समापन हुने छ ।

टिप्पणीहरू