बालुवाटारको बैठकमा अरु नेता पनि धमाधम
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहानदेखि जारी सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा अन्य नेता पनि सहभागी भएका छन् ।
बिहान साढे ९ बजेदेखि शुरु भएको बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भर्खरै प्रवेश भएको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि हालै सहभागी हुनुभएको बालुवाटार स्रोतले बताएको छ ।
यसअघि बिहान ९ बजेदेखि झण्डै १५ मीनेट प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच छुट्टै भेटवार्ता भएको थियो । त्यसपछि उहाँहरु दुई जना र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संयुक्त भेटवार्ता भइरहेको सन्दर्भमा चार जना नेता पछि सहभागी हुनुभएको हो ।
टिप्पणीहरू