प्रेस काउन्सिलका अध्यक्षको रिट १० नम्बर इजलासमा

प्रेस काउन्सिलका अध्यक्षको रिट १० नम्बर इजलासमा

प्रेस काउन्सिल,नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयविरुध्द हालेको रिट निवेदन सर्वोच्च अदालतको १० नम्बर इजलासमा परेको छ ।

निषेधाज्ञाको आदेश माग गरिएको उक्त रिट निवेदन न्यायाधीश तेजबहादुर केसीको एकल इजलासमा परेको छ । इजलासमा आज १३ वटा मुद्दा राखिएका छन् । बस्नेतको मुद्दा सबैभन्दा पुछारमा छ ।

अध्यक्ष बस्नेतलाई सरकारले दुई पटक स्पष्टिकरण सोधिसकेको छ । अघिल्लो सरकारले नियुक्त गरेका रासस कार्यकारी अध्यक्ष हरिहर अधिकारी “श्यामल” सहित उनलाई पदबाट हटाउने प्रक्रियास्वरुप सरकारले स्पष्टिकरण सोधेपछि बस्नेतले यस्तो काम रोकी पाऊँ भनेर निषेधाज्ञाको आदेश माग गर्दै रिट अस्ति फागुन १८ गते निवेदन हालेका थिए । बस्नेत पेशाले पत्रकार र पढाइले कानूनका विद्यार्थी पनि हुन् । प्रेस काउन्सिललाई अघिल्ला सरकारको पालादेखि गिजोल्ने काम पटकपटक भैरहेको छ ।

टिप्पणीहरू