सेनापति डेढ घण्टा संसद सचिवालयमा
प्रधानसेनापति प्रभुराम शर्माले आज संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्कासँग भेट गर्नुभएको छ । उहाँ पौने १२ बजे सिंहदरबारस्थित संसद सचिवालयको सभापतिको कार्यकक्षमा पुग्नुभएको थियो ।
सम्भवतः काठमाडौं–निजगढ द्रुत मार्गको निर्माण कार्यमा देखिएको झमेलाको बारेमा जानकारी गराउन शर्माले सभापतिसँग भेट गर्नुभएको बुझिएको छ । उहाँ भेटघाट सकेर सिंहदरबारबाट बाहिरिनुभएको छ ।
यसअघि शर्मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सामेल हुनुहुन्थ्यो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री,अर्थमन्त्री,परराष्ट्रमन्त्री र मुख्यसचिवसहित शर्माले बिहान सवा १० बजेदेखि डेढ घण्टा बिताउनुभएको हो ।
टिप्पणीहरू