पाकिस्तानको मस्जिदमा बम विस्फोट, २० जनाको ज्यान गयो
पाकिस्तानको एक मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ ।
पेशावर सहरमा रहेको शिया मस्जिदमा नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।
विस्फोटमा परी दर्जनौं घाइत भएका छन् । उद्धार कार्य जारी रहेकाले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेलाई अस्पतालतर्फ पठाइएको छ ।
स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।
टिप्पणीहरू