साँझ पनि प्रधानमन्त्री भेटघाटमा
प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला दिन भेटघाट र छलफलमा निकै व्यस्त देखिनुभएको छ । आइतबार राति संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नुअघि प्रधानमन्त्री भेटघाटमा जति व्यस्त हुनुहुन्थ्यो, त्यत्तिकै त्यसपछि पनि देखिनुभएको छ ।
आज साँझ उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई भेट गर्नुभएको हो । उहाँहरुबीच साँझ ६ बजेदेखि झण्डै आधा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।
हिजो बिहानदेखि रातिसम्म बालुवाटारमा पटक पटक सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।
टिप्पणीहरू