गएको रुसतिर,पुगियो चीनतिर
युक्रेनमाथि रुसी आक्रमणको विरोध गर्दै सामाजिक अभियन्ताहरुले केही दिनदेखि राजधानीमा ज्ञापनपत्र बुझाउँदै आएका छन् । सोही क्रममा हिजो उनीहरु बालुवाटारस्थित रुसी दूतावास पुगेका थिए ।
स्वतन्त्र देशप्रेमी,राष्ट्रप्रेमीका वीरेन्द्र डङ्गोल,सरिता खत्री,कल्याण के.सी, मेनुका दङ्गालसहित चार जनाले युक्रेनमा भइरहेको आक्रमण रोक्न माग गर्दै रुसी दूतावासमा ज्ञापनपत्र बुझाउन प्रयास गरेका थिए । तर,दूतावासका सुरक्षाकर्मीले बन्द रहेको भन्दै भित्र जान अनुमति नदिएपछि उनीहरु फर्किए ।
रुसी दूतावासबाट फर्केको उक्त टोलीले पछि नजिकैको चिनियाँ दूतावास पुगेर त्यहाँका एक जना कर्मचारीलाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय कर्मचारी सञ्जय सुवेदीलाई उनीहरुले गेटमा ज्ञापनपत्र बुझाएर फर्किएको बताइएको छ ।
आइतबार तारा बरालहरुको टोलीले भद्रकालीस्थित जंगी अड्डामा पुगेर नेपाली सेनालाई ज्ञापनपत्र बुझाउने प्रयास गर्दा त्यहाँ पनि उनीहरुलाई गेटमै रोकिएको थियो ।


टिप्पणीहरू