नदिजन्य पदार्थ चोरीमा संलग्न २० सवारी साधन नियन्त्रणमा

नदिजन्य पदार्थ चोरीमा संलग्न २० सवारी साधन नियन्त्रणमा

नदिजन्य पदार्थ ढुंगा, गिटी र बालुवा चोरीमा संलग्न २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

टोलीले इच्छकामना गाउँपालिका ७, भालुमारामा बिहान सबेरै नदिजन्य पदार्थको उत्खनन तथा ओसारपोसार गरिरहेको अवस्थामा ४ वटा जेसीबी, लोड गरिसकेका १० वटा ट्रिपर र ६ वटा ट्रयाक्टर गरि जम्मा २० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

ती सबै सवारी साधनलाई आवश्यक कारवाहीको निम्ति जिल्ला समन्वय समितिको कार्यालय, भरतपुरमा बुझाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू