प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगमाथि छलफल हुने
प्रतिनिधि सभामा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाभियोगमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको पर्सि आइतबार बोलाइएको बैठकमा महाभियोगमाथि छलफल हुने दिन र समय तोकिने जानकारी दिइएको छ ।
आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । प्रतिनिधिसभाको अघिल्लो बैठकले महाभियोग सिफारिस समिति गठन गरेको हो । समितिमा एमालेका सांसदसहित ११ जना छन् ।
टिप्पणीहरू