आफ्नै ठाउँमा गृहमन्त्रीलाई कालोझण्डा

आफ्नै ठाउँमा गृहमन्त्रीलाई कालोझण्डा

गृहजिल्ला पुग्नुभएका गृहमन्त्री बालकृष्ण खाँणलाई कालोझण्डा देखाइएको छ । राजमार्गमा उभिएका केही युवाले उहाँको विरोधमा नाराबाजीसमेत गरेका छन् ।

गृहमन्त्रीलाई रुपन्देहीको धकधईमा सीके राउत समर्थक किसानहरुले माग पूरा गर्न पहल नगरेको भन्दै कालो झण्डा देखाएका हुन् ।

उनीहरुले किसानविरोधी गृहमन्त्री मूर्दावादको नारा लगाएका थिए । प्रहरीको सुरक्षा घेरामा जानुभएका मन्त्रीले नारा नसुने पनि कालो झण्डा भने देख्नुभएको प्रदर्शनकारीहरुले बताएका छन् ।

भिडियाे साभार ः भूपेन्द्र यादवकाे फेसबुक

टिप्पणीहरू