सुडानमा बिते नेपाली सेनानी

नेपाली सेनाका मेजर रिदेश विष्टको गत बिहीबार हृदयाघातबाट सुडानको डार्फरमा निधन भएको छ । नेपाली सेनाको क्याम्पमा बैठक भइरहँदा आफू बसेको कुर्सीबाटै ढलेका ३७ वर्षका विष्ट तत्काल बितेका हुन् । हट्टाकट्टा र खाइलाग्दा विष्ट नौ महिनाअघि नेपाली सेनाको शान्ति सेना मिसनमा सुडान पुगेका थिए । त्यसअघि उनी सैनिक मुख्यालयमा कार्यरत थिए ।

बैठकमा छिर्नुअघि घरमा रहेकी श्रीमतीसँग टेलिफोनमा सञ्चो बिसञ्चो सोध्दै बैठक सकिएपछि लामो कुरा गर्ने भन्दै उनले टेलिफोन बन्द गरेका थिए । तर, त्यसको केही समयपछि नै बैठकमा बसेको कुर्सीबाटै ढलेर बिते । स्रोतकाअनुसार पाटन मानभवन निवासी उनको बाजे र काका पनि नेपाली सेनाको कर्नेलबाट सेवा निवृत्त हुन् ।

टिप्पणीहरू