ग्यास सिलिण्डर पड्कँदा ३ बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८, मानेश्वाँरामा ग्यास विस्फोटपछि भएको आगलागीमा ती बालबालिकाको जलेर मृत्यु भएको हो ।
स्थानीय मिनबहादुर तामाङको घरमा हिजो साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास विस्फोट भएको थियो । त्यसपछि भएको आगलागीमा तामाङका छोरा १० वर्षे इशाक, कुमार तामाङका छ वर्षे छोरा सरगम र पदम तामाङकी साढे दुई वर्षकी छोरी दिव्याको जलेर भएको हो ।
सो क्रममा मिनबहादुर पनि घाइते भएका छन् । घाइतेलाई तत्काल उपचारको निम्ति अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।
टिप्पणीहरू