दुईचोटि रोकिएको प्रतियोगिता जेठमा

दुईचोटि रोकिएको प्रतियोगिता जेठमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठको तेस्रो साता हुने भएको छ । प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गर्न लागिएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यस पटक प्रतियोगिता पोखरामा गर्न लागिएको छ ।

हरेक दुई वर्षमा आयोजना हुने उक्त प्रतियोगिता २०७७ सालमा कोरोना महामारीका कारण रोकिएको थियो । त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुगेका कारण यो वर्ष पनि यो प्रतियोगिता हुन नसकेको हो ।

टिप्पणीहरू