हिजो हारेको टिमसँग नेपाली टिमले आज पनि खेल्ने

हिजो हारेको टिमसँग नेपाली टिमले आज पनि खेल्ने

हिजोको पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पनि सोही टिमसँग खेल्दैछ । नेपाली टिमले आजको दोस्रो खेलमा पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरु हुँदैछ ।

हिजोको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।

नेपाल आज हुने दोस्रो खेलमा हिजाको हारको बदला लिँदै शृंखला १–१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावेसँग खेल्न लागेको हो ।

यसअघि पहिले तीन वटा एक दिवसीय खेल र त्यसपछी तीन वटा टी–२० खेल हुने बताइएको थियो । तर वर्षाका कारण पहिला टी–२० अगाडि सारिएको हो । तेस्रो तथा अन्तिम टी–२० बुधबार हुनेछ ।

टिप्पणीहरू