कोरोनाले एसियन गेम्स रोकियो

कोरोनाले एसियन गेम्स रोकियो

चीनको ह्वान्झाओमा आयोजना हुने गरि तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको हो ।

चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)सँग विस्तृत छलफलपछि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताका लागि नेपालले समेत आफ्नो तयारी थालिसकेको थियो ।

टिप्पणीहरू