दैलेखमा सकेट बम फेला
दैलेखको आठबीसकोट नगरपालिका–६, रोलमा सकेट बम भेटिएको छ । त्यहाँका बालबालिकाहरुले खेल्ने क्रममा आज दिउँसो २ बजेको हाराहारीमा बम भेटाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बम केही वर्ष पुरानो हो । त्यसलाई निष्क्रिय पार्न नेपाली सेना र डिएसपी भुवननेश्वर शाहको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ ।
सशस्त्र युद्धका बेला त्यहाँ सुरक्षाफौजको व्यारेक भएकाले जमिनमुनि लुकाइएको बम अहिले फेला परेको हुनसक्ने प्रहरीले जनाएको छ । २०६० सालमा त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो ।
२०६७ सालमा यहाँबाट ब्यारेक हटाइएसँगै हालसम्म चार वटा बम निष्क्रिय पारिसकिएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू