वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवको सेवा अब नर्भिकमा

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवको सेवा अब नर्भिकमा

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव थापाथलीस्थित नर्भिक अस्पतालमा अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त हुनु भएको छ ।  उहाँ अर्थोपेडिक तथा स्पाइन सर्जरीेको विशेषज्ञ हुनुहुन्छ ।

उहाँले लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ ।

डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन् । खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ ।

टिप्पणीहरू