मापदण्डमा टेकेर आइसीटी ल्याब बनाउन निर्देशन
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा आइसीटी ल्याब र डिजिटल लाइब्रेरी व्यवस्थापनका लागि विशिष्टीकरण विवरणअनुसार नै काम अघि बढाउन निर्देशन दिएको छ ।
केन्द्रले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत विनियोजित ६ लाख ५० हजार बजेटमा कम नहुने गरी काम गर्न छनोटमा परेका विद्यालयहरुलाई निर्देशन दिएको हो ।
सूचना प्रविधि प्रयोगशाला निर्माण तथा व्यवस्थापनका लागि उक्त कार्यक्रमअन्तर्गत दुई हजार एक सय ६ विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका सबै विद्यालयलाई केन्द्रले प्रतिविद्यालय ६ लाख ५० हजार उपलब्ध गराउनेछ ।
सरकारले आर्थिक बर्ष २०७८/७९मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम विनियोजन गरेको थियो ।
टिप्पणीहरू