जिल्ला प्रशासन कार्यालय पर्सा
वीरगञ्जमा कर्फ्यू यथावत
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लगाएको कर्फ्यू यथावत राखेको छ । यसअघि आज बिहान १२ बजेसम्मका लागि कर्फ्यू जारी गरिएकोमा मध्यरातिसम्मका लागि थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्धारा जारी आदेशमा भनिएको छ, ‘हिजो मिति २०८१–१२–३० गते साँझ ७ः३० बजेदेखि मिति २०८१–१२–३१ गते दिनको १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका केही स्थानहरुमा आवतजावत गर्न, कुनै…