वीरगञ्जमा कर्फ्यू यथावत

वीरगञ्जमा कर्फ्यू यथावत

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लगाएको कर्फ्यू यथावत राखेको छ । यसअघि आज बिहान १२ बजेसम्मका लागि कर्फ्यू जारी गरिएकोमा मध्यरातिसम्मका लागि थप गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्धारा जारी आदेशमा भनिएको छ, ‘हिजो मिति २०८१–१२–३० गते साँझ ७ः३० बजेदेखि मिति २०८१–१२–३१ गते दिनको १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका केही स्थानहरुमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएकोमा आज मिति २०८१–१२–३१ गते राति १२ बजेसम्मका लागि उक्त कर्फ्यू आदेशको समयावधि थप गरिएको छ ।’

हिजो हनुमान जयन्तीको शोभायात्रामा हिन्दु र मुसलमान समूहबीच झडप भएपछि सिडिओ कार्यालयले चार किल्ला तोकेर वीरगञ्जका विभिन्न स्थानमा कर्फ्यू लगाएको थियो । पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटमा कर्फ्यू जारी छ ।

टिप्पणीहरू