उचालेर किन अलपत्र छोडिन्छ सुन्तलीहरूलाई
नेपाली महिलाहरूले यौनलगायत घरेलु हिंसा दिनहुँ भोग्ने गरेका छन् तर ती महिलालाई सहयोग गर्ने र न्याय दिलाउने नाममा कतिपयले आफ्नै नाम चम्किलो बनाउँछन् र पीडा खेपेकाहरूलाई अनि विस्तारै चिन्न छाड्छन् ।
निर्मला पन्तको बलात्कार र हत्या प्रकरण गिजोलिएको त निकै पछि हो । त्यसभन्दा अगाडि अछाम जिप्रकाभित्रै ०६६ साल असोज ११ गते सामूहिक बलात्कारमा परेकी सुन्तली धामीले पनि त्यस्तै अवस्था झेल्नुपरेको छ । उनको पक्षमा बोल्नेहरू अहिले हराएका छन् । एक जना महिला वकिलबाहेक अरू सहयोगी कोह…