गतिछाडा सामाजिक सञ्जाल, नेतृत्वविहीन आन्दोलन
गत भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्ट मुलुकभर भड्किएको विध्वंशले नेपाली समाजमा त्राससँगै अविश्वासको पारो बढ्दो छ । प्रदर्शनको मुख्य शक्ति युवा पुस्ता भए पनि यसको मूल योजना र सन्देश सामाजिक सञ्जालबाट गराइएको पुष्टि भइसकेको छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन प्रयासले उक्त सञ्जाल धेरै प्रयोग गर्ने नयाँ पुस्तालाई थप आक्रोशित बनाएको थियो । त्यसबेला सरकारले सामाजिक सञ्जालमा देखिएको अनियन्त्रित अभिव्यक्ति, अमर्यादित टिप्पणी, अश्लील सामग्र…