बिनाअनुमतिकाे मेला–जात्रा, सभा–समारोहमा रोक
जिल्ला प्रशासन कार्यालय कास्कीले अब जिल्लाभित्र कुनै पनि सभा, प्रदर्शन, कन्सर्ट, मेला–जात्रा वा सांस्कृतिक कार्यक्रम गर्नुअघि सम्बन्धित पालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजना पूर्व सम्बन्धित स्थानीय तहबाट स्वीकृति लिएर मात्र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोस् ।’
प्रशासनका अन…