जेनजी विध्वंशका प्रमाणहरु प्रहरीको ई–लाईब्रेरीमा
नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ गतेको जेनजी प्रदर्शन र भदौ २४ गतेको विध्वंशका प्रमाणहरु ‘इन्ट्रानेट पोर्टल (नेपाल.सीडी)’ को ई–लाईब्रेरीमा रहेको जनाएको छ । घटनाबारे सर्वसाधारणबाट प्राप्त तस्बिर,भिडियो, समाचार,सिसिटिभी फुटेजलगायतका प्रमाणहरु अपराध अनुसन्धान विभागको कार्यविधिअनुसार राखिएको मुख्यालयको भनाइ छ ।
आईजीपीको सचिवालय,सबै विभाग, ब्यूरो,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी अस्पताल,काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी …