यो सरकारका पनि कुरा मात्रै
सरकारले फेरि आधा दर्जन विदेश भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । हिजो बसेको क्याबिनेट बैठकले २० वटा विभिन्न निर्णय गरेमध्ये छ वटा विदेश भ्रमणसँग सम्बन्धित देखिन्छ । त्यसमध्ये सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विदेश भ्रमण पनि एक हो ।
मन्त्री खरेलको गणतन्त्र कोरियाको आगामी भ्रमण स्वीकृत गरिएको छ । आउँदो कात्तिक २६ गते सिओलमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन खरेलले अनुमति पाएका छन् ।
हिजैको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सिद्धिविक्रम शाह र…