आमाको किरिया बस्दाबस्दै प्रधानमन्त्रीले पक्रनु भनेपछि...
प्रधानमन्त्री निवास बालुवाटारमा असोज २० सोमबार रातिदेखि मंगलबार बिहान २ बजेसम्म बसेको बैठकको वातावरण एक्कासी तात्तियो । २३ र २४ भदौको घटनापछि प्रधानमन्त्री सुशीला कार्कीको हठले हद नाघ्ने क्रममा सुरक्षा प्रमुखहरूलाई हायलकायल बनाउन खोजिएको थियो । कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा र गृहमन्त्री रमेश लेखकलाई अहिले नै पक्राउ गरिहाल भनेर अचम्मको अड्डी कस्नुभयो ।
प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, प्र…