राजमार्गमा सवारी आवागमन समय संशोधन, राति ९ बजेदेखि रोक
चितवनमा राजमार्ग आवागमनबारे जारी गरिएको सूचनामा संशोधन भएको छ । सुधारिएको मनसुनको अवस्थालाई मध्यनजर गर्दै आजदेखि बेलुकी ६ बजेको सट्टा राति ९ बजेदेखि मात्र सवारी साधनको आवागमन रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार हाल राजमार्गमा सवारी आवागमन भएपनि मनसुनको जोखिम कायम छ । त्यसैले चितवन हुँदै यात्रा गर्ने सम्पूर्ण सवारीसाधन राति ९ बजेभित्र चितवन प्रवेश गर्नुपर्ने र चितवनबाट बाहिर (पोखरा वा काठमाडौंतर्फ) जाने सवारीसाधन राति ९ बजेदेखि अघि प्रस्थान…