बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ४३ पुग्यो
शुक्रवार रातीदेखि परेका अविरल वर्षापछि आएको बाढीपहिरो, डुबान र चट्याङबाट ४३ जनाको ज्यान गएको छ ।
आज दिउँसोसम्मको अध्यावधिक विवरणअनुसार इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । जसमा इलामको देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा ८-८ तथा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६-६ जनाले ज्यान गुमाएका छन् । सूर्योदय नगरपालिकामा ५, माङ्सेबुङ गाउँपालिकामा तीन, फाकफोकथुम गाउँपालिकामा एक जनाको निधन भएको रिपोर्ट छ ।
बाढीपहिरोमा परी उदयपुरमा दुई जनाको ज्यान गएको छ । त्यस्तै, पाँचथर र खोटाङमा खोलाले बगाएर १-१ जनाको निधन भएको छ । रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
टिप्पणीहरू