पोखरामा जहाज दुर्घटना,मुस्ताङमा खोज तथा उद्धार तालिम
हिमालपारीको जिल्लाको रुपमा परिचित मुस्ताङमा विपद् खोज तथा उद्धार पुर्वाभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, मुस्ताङको आयोजनामा विपद् खोज तथा उद्धार पूर्वाभ्यास हिजो सम्पन्न भएको हो ।
मुस्ताङ प्राकृतिक प्रकोपको दृष्टिकोणबाट निकै संवेदनशील तथा जोखिमपूर्ण जिल्लाहरुमध्ये पर्छ । केही समय पहिले कोवाङ इलाकामा गएको हिमपहिरो तथा २०७१ सालको अन्नपूर्ण पदमार्ग र हिमाली क्षेत्रमा हिउँआँधीको कारण भएको मानवीय तथा भौतिक क्षतिको घटनाले पनि उक्त अवस्थालाई झल्काउँछन । जलवायु परिवर्तनक…