अनुमान सात दिनको, भित्रियो १५ दिन पहिले
यो वर्षको मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि मनसुन पूर्वी नेपालको सीमाबाट प्रवेश गरेको छ ।
बिहानदेखि कोशी प्रदेशका अधिकांश स्थानमा वर्षा भएको छ । यो वर्षको मनसुन आगामी साता नेपाल आइपुग्ने अनुमान थियो । तर, अनुमानभन्दा एक साताअघि र अघिल्ला वर्षभन्दा १५ दिनअघि मनसुन नेपाल भित्रिएको हो ।
मनसुन नेपालको सुदूर पश्चिम भागसम्म पुग्न केही दिन लाग्ने छ । नेपालमा मनसुन प्रायः जेठको अन्तिम सातातिर भित्रिने गर्दथ्यो ।