५० लाखको कोषलाई बढाएर लिम्बुवान केन्द्रले एक करोड पुर्यायो
लिम्बुवान अध्ययन केन्द्र किरात याक्थुङ चुम्लुङले एक करोड रुपैयाँको प्राज्ञिक कोष खडा गर्ने भएको छ । यसअघिको ५० लाख अपर्याप्त भएपछि दोब्बर गरेर एक करोड पुर्याउन लागिएको बताइएको छ ।
लिम्बुवानसम्बन्धी सबै क्षेत्र र विषयहरुमा सम्बन्धित पक्ष, व्यक्ति वा निकायसँग सहकार्यसँगै साझेदारीमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने उद्देश्यअनुरुप ताप्लेजुङ घर भई हाल क्यानडामा रहेका विष्णुदत्त आङ्बुआङ परिवारको सहकार्यमा २०७३ सालमा ५० लाख रुपैयाँको ‘विष्णुत्त–सरस्वती आङ्बुआङ प्राज्ञिक क…