नयाँ दिल्लीबाट तीन राजदूतको आगमनपछि चार देशका राजदूत शीतल निवास जाँदै
राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि दिउँसो २ बजे विशेष कार्यक्रमको आयोजा गरिँदैछ । उक्त अवसरमा नेपालका लागि चार मुलुकका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका अनुसार जापान, तुर्कमेनिस्तान, लाओस र इरानका राजदूतहरुले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दैछन् । त्यसका लागि जापान बाहेक अरु सबै नेपालका लागि गैर आवासीय राजदूत हुन् । उनीहरुमध्ये तुर्कमेनिस्तान र लाओसका राजदूत हिजै नयाँ दिल्लीबाट काठमाडौं आइसकेको …