रवि लामिछाने राजीनामा बोकेर बालुवाटार छिरे

रवि लामिछाने राजीनामा बोकेर बालुवाटार छिरे

सर्वोच्च अदालतको आदेशपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् । उनी पदबाट राजीनामा दिन बालुवाटार पुगेका हुन् । उनले त्यहिँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिने बताइएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेविरुद्धको दोहोरो नागरिकता मुद्दामा प्रक्रिया पूरा गरेर नयाँ नागरकिता लिनुपर्ने ठहर गरेको छ । उक्त ठहरसँगै २०५० सालकै नागरिकताका आधारमा २ र १ महिने मन्त्री र सांसद पद खेर गएको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले अस्ति बुधवार र आज भएको बहसपछि यस्तो आदेश दिएको हो ।

यसअघि मुद्दाको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले लामिछानेले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको तर्क गरेका थिए । मुद्दाको विपक्षमा रहेका कानुन व्यवसायीहरुको चाहिँ अमेरिकी नागरिकता त्यागेपछि लामिछाने स्वतः नेपाली नागरिक कायम हुने जिकिर थियो ।

आजको आदेशपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीबाट पनि मुक्त भएका छन् ।

टिप्पणीहरू