इजरायलमा विश्वकै छोटो दूरीको सबवे (मेट्रो)

भिडियाे : सिन्ह्वा

विश्वका अधिकांश ठूला र विकसित शहरमा सबवे अत्यावश्यक सवारी मार्ग बनिसकेको छ । युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका ठूला शहरमा लामा सववे बनेका छन् । 

तर इजरायलको समुन्द्र किनारमा रहेको हाइफा शहरमा विश्वकै सबैभन्दा छोटो सबवे बनाइएको छ । हाइफामा १ दशमलब ८ किलोमीटर लामो सबवे रहेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

सिङ्गल टनेल रहेको उक्त सबवेमा दुई वटा रेल र छ वटा स्टेशन छन् । विश्वमा हालसम्म सबैभन्दा लामो मेट्रो चीनको सांघाईमा छ । सांघाई मेट्रो ८ सय ३ किलोमीटर लामो रहेको बताइएको छ ।
                                             

टिप्पणीहरू