भीम रावल सोध्छन् : गृहमन्त्री र अरुका लागि कानुन फरक हो ?

भीम रावल सोध्छन् : गृहमन्त्री र अरुका लागि कानुन फरक हो ?
सुन्नुहोस्

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेकपा एमालेका नेता भीम रावलले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मन्त्री र अरुका लागि फरक–फरक कानुन रहेको भन्दै प्रश्न गरेका छन् । 

रावलले भनेका छन्, ‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानूनविपरीत विदेशको समेत गरी दुई वटा नागरिकता र राहदानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुई वटा नागरिकतामा विवरण फरक परेको भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ! के मन्त्री र अरुका लागि फरक फरक कानुन छ ?’ 

उक्त कार्य कानूनी राज्यको उपहास भएको उल्लेख गर्दै उनले सिरोहियालाई आफुविरुद्ध समाचार लेखेकै निहुँमा प्रतिशोध साँध्न गृहमन्त्री लामिछानले पक्राउ गर्न लगाएको आशंका गरेका छन् । ‘के प्रकाशन गृहलाई सुरक्षा घेरामा राखेर त्यसका अध्यक्षलाई रातारात काठमाडौं बाहिर लैजाने काम गृहमन्त्री र निजको दलका कतिपय व्यक्ति सहकारीको करोडौं रुपैयाँ ठगीमा संलग्न भएका तथ्य समाचार प्रकाशित भएपछि प्रतिशोध साध्ने र आतंकित पार्ने दुराशयबाट गरिएको भन्ने देखिन्न र ?’, उनले लेखेका छन् ।

टिप्पणीहरू