सशस्त्रलाई अन्तराष्ट्रिय विमानस्थलमै सास्ती

सशस्त्रलाई अन्तराष्ट्रिय विमानस्थलमै सास्ती
सुन्नुहोस्

अधिकार पाएर पनि काम गर्न नपाएपछि सशस्त्र प्रहरी हैरान  छ । सीमा सुरक्षाको जिम्मेवारी दिइयो, तर अध्यागमनबाट टाढा राखेर । अहिले विमानस्थलमा भन्सारतर्फको जिम्मेवारी त तोकियो ।

तर, काम गर्ने वातावरण छैन । केही दिनअघि विमानस्थल अध्यागमन व्यवस्थापनका निम्ति संयुक्त डेस्क बनाउने भनियो । त्यसमा प्रहरी, सशस्त्रसहित नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानको सहभागिताको अवधारणा ल्याइयो र नेतृत्वचाहिँ गृह मन्त्रालयबाट तोकिने निजामती सेवाकै प्रथम श्रेणीका अधिकृत हुने भन्ने थियो । तर, मानिएन । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रले आफ्नो भूमिमा को आयो, को गयो भन्ने सूचना पनि राख्न पाउनुपर्छ भन्नु मनासिव हो । तर, दिएजस्तो गर्ने, दिनचाहिँ नदिने हुँदै आएको छ ।

सीमा सुरक्षामा दौडिरहेको सशस्त्रले  जनताका दुःख–मर्का पनि सुन्नुपर्ने अवस्था छ । दार्चुलाको छाङ्रुका बासिन्दा भन्छन्, ‘सदरमुकाम जान बाटो बनाइदेऊ !’ सशस्त्रको काम बाटो बनाउने हैन ।

तर, जनताले कुरा राख्ने ठाउँ नपाउँदा आफ्नो गुनासो पोखेका हुन् । त्यहाँका बासिन्दाले मोटरबाटो पनि भनेका छैनन् । आफ्नै जिल्लाको सदरमुकाम पुग्न पनि ४ दिन लाग्ने भएपछि भारतीय भूमि हुँदै जानुपर्ने कारण उनीहरुले त्यस्तो माग गरेका हुन् । अर्कातिर भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित विभिन्न पुलमा नेपालको झण्डा राख्ने अभियान सुचारु छ । काम शुरु भएको छ । 

त्यस्तै, चीनको पिपुल्स आर्म्ड फोर्सले सशस्त्रलाई भ्रमणका लागि निम्तो दिएको छ । त्यसमा गृहसचिव एकनारायण अर्याललाई पनि लैजाने तयारी छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू