सहकारी ठग्दै, डिभोर्स गर्दै, भाग्दै

सहकारी ठग्दै, डिभोर्स गर्दै, भाग्दै
सुन्नुहोस्

पुण्यश्वर सहकारीका सचिव एवं रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका–५ का वडाध्यक्ष ५२ वर्षीय गंगाबहादुर तामाङसहितका सहकारी सञ्चालक र कर्मचारीको नाममा पक्राउ पुर्जी जारी भएको छ ।

समातिएका उपाध्यक्ष झम्कप्रसाद गौतम, कोषाध्यक्ष पवित्रा चौलागाईंं र व्यवस्थापक कुमार गौतमलाई पुर्पक्षका लागि कारागार पठाइसकिएको छ । यसअघि बनेपाको गरुढ सहकारीका सञ्चालकलाई जेल पठाउने आदेश भएको छ । पूर्व श्रीमान्/ श्रीमतीसहित गरुढको टोलीपछि काभ्रे उद्योग वाणिज्य संघको उपाध्यक्षसमेत रहेका कैलाश पलाञ्चोके जेल गएका छन् । युयम र युनिटी सहकारीका सञ्चालकविरुद्ध पुर्जी जारी गरिएको छ । जिल्लाका ५० भन्दा धेरै सहकारीका सञ्चालक जेल जाने लाइनमा छन् । 

जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश शिवकुमार पोखरेलको इजलासले उक्त आदेश गरेको सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसन्धान र सरकारी वकिल कार्यालय धुलिखेलले दायर गरेको अभियोगपत्रमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम सञ्चालक र कर्मचारीसमेत १५ जनालाई प्रतिवादी बनाइएको थियो । पक्राउ पुर्जी जारी भएका वडाध्यक्ष गंगाबहादुर मोक्तान गुराँसेदेवी आधारभूत विद्यालयमा प्रधानाध्यापक थिए । नेकपा माओवादीका उम्मेदवार उनीसँगै संस्थाका अध्यक्ष डम्बर गौतम पनि पूर्व प्रधानाध्यापक हुन् ।

उनका छोरा कुमार गौतमले सहकारीबाट बचत भएको रकम अपचलन गरी श्रीमती पवित्रा चौलागाईंंसँगसमेत सम्वन्धविच्छेद गरे पनि एउटै भान्सा र ओछ्यान प्रयोग गरिरहेका थिए । कुमार फरार भएपछि मात्रै उनीहरू अलग भएका हुन् । 

– मोतीराम तिमल्सिना

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू