नूनको भाउ पनि बढ्यो

नूनको भाउ पनि बढ्यो

गएरातिदेखि नूनको मूल्य बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाइएको जानकारी दिएको छ । 

कर्पोरेसनले नूनको गएराति १२ बजेदेखि समायोजन गरेको हो । जसअनुसार आयोनून एक किलो प्याकेटको मूल्य २६ रुपैयाँ पुगेको छ । यसअघि उक्त मूल्य २३ रुपैयाँ थियो ।

त्यस्तै न्यू शक्ति नून एक किलोको मूल्य १७ बाट बढेर २० रुपैयाँ पुगेको छ । भानू नूनको मूल्य प्रतिकिलो नौ रुपैयाँ तोकिएको छ ।

टिप्पणीहरू