राजधानीमै लघुवित्त संस्थाका कर्मचारी लुटिए

राजधानीमै लघुवित्त संस्थाका कर्मचारी लुटिए

लघुवित्त संस्थाका कर्मचारीलाई धारिलो हतियार देखाउँदै लाखौं लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–५, मुड्खुका ३३ वर्षीय सरोज परियार र डल्लु बस्ने रसुवाका २३ वर्षीय संगम तामाङ समातिएका हुन् । 

हिजो बिहान १० बजे मुड्खु भञ्याङनजिक मानुषी लघुवित्त वित्तिय संस्थाकी कर्मचारी संगीता रोक्का समूहको बचत तथा कर्जाबापत संकलन गरेको दुई लाख आठ हजार छ सय रुपैयाँ लिएर कार्यालय फर्किँदै थिइन् । 

सो क्रममा मोटरसाइकलमा आएका उनीहरुले चक्कु देखाउँदै संगीताको साथमा रहेको रकम लुटपाट गरी फरार भएको प्रहरीको भनाइ छ । प्रहरी वृत्त बालाजुबाट तत्काल खटिएको टोलीले उनीहरुलाई राति ९ बजे नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट लुटपाट गरिएकोमध्ये एक लाख ३९ हजार पाँच सय रुपैयाँसहित घटनामा प्रयोग भएको बा.८३ प ५४२४ नम्बरको मोटरसाइकल, एक थान मोबाइल पनि बरामद गरिएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू