‘फ्रि भिसा, फ्रि टिकट’ भन्दै रकम असुलेका कम्पनीविरुद्ध उजुरी माग

‘फ्रि भिसा, फ्रि टिकट’ भन्दै रकम असुलेका कम्पनीविरुद्ध उजुरी माग
सुन्नुहोस्

वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा र फ्रि टिकट’ प्रावधानबमोजिम वैदेशिक रोजगारमा श्रमिका पठाएका म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेको छ । विभागले आज १४ वटा म्यानपावर कम्पनीको विवरण सार्वजनिक गरेको छ । 

काठमाडौंको गोल्ड अलायन्स ओभरसिज, एफएसआई वल्र्डवाइड नेपाल, बोर्डलि)क ओभरसिज, सोलो एसिया रिक्रटमेण्ट, वाइज इन्टरनेशनल नेपाल, मित्र ओभरसिज, सुनकोशी म्यानपावर सर्भिसले फ्रि भिसा, फ्रि टिकटको पालना गरेको जनाइएको छ ।

त्यस्तै, नवजीवन इन्टरनेसनल, स्टेभान्ड गोर्खा ओभरसिज सर्भिस, टाइटानिक म्यानपावर सप्लायर्स, रिलियान्स एचआर सोलुसन, ब्रिटिश गोरर्खा ओभरसिज सर्भिस, मिराकल इम्प्लोइमेण्ट सर्भिस र नासा हुम्यान रिसोर्स पनि सोही सूचीमा छन् ।

गत असार १७ गते वैदेशिक रोजगारमा कामदार पठाउन इजाजतपत्र प्राप्त सबै व्यवसायीलाई परिपत्र गर्दै विभागले फ्रि भिसा र फ्रि टिकटको प्रावधानबमोजिम श्रमिकलाई पठाए÷नपठाएको विवरण पेश गर्न भनेको थियो । 

सोहीअनुरुप आर्थिक वर्ष २०८०–०८१ मा फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाएका १४ वटा म्यानपावर कम्पनीले विवरण पेश गरेका हुन् । विभागले उल्लेखित इजाजतपत्र संस्थाले वैदेशिक रोजगारमा जान पैसा लिएको भए उजुरी दिन समेत अनुरोध गरेको छ ।

टिप्पणीहरू