नयाँ गठबन्धनको उद्देश्य नै अपवित्र रहेको माधव नेपालको ठहर

नयाँ गठबन्धनको उद्देश्य नै अपवित्र रहेको माधव नेपालको ठहर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारको समर्थनमा रहेका राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुभएको छ । नेकपा एमालेले गत बुधबार समर्थन फिर्ता लिएको अवस्थामा उहाँले सरकारी निवास बालुवाटारमा बोलाउनुभएको छलफल भर्खरै सकिएको छ ।

छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, उपप्रधान एवम् गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ सहभागी भएको बताइएको छ । 

छलफलका क्रममा नेताहरुले प्रधानमन्त्री प्रचण्डसँगै आफूहरु अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बालुवाटारबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ गठबन्धनको उद्देश्य पवित्र नरहेको उल्लेख गर्दै आफूहरु प्रधानमन्त्री प्रचण्डकै पक्षमा रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलेले आगामी शुक्रबार संसद बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । उहाँले आजै संसद सचिवालयमा त्यससम्बन्धी पत्र पठाइसक्नुभएको छ ।

टिप्पणीहरू