प्रधानमन्त्रीलाई मन्त्रालयको जिम्मेवारी थपिएको थपियै

प्रधानमन्त्रीलाई मन्त्रालयको जिम्मेवारी थपिएको थपियै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई वटा मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । 

उहाँले वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी प्रधानमन्त्रीलाई तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

अशोक राई नेतृत्वको जसपाका तीनजना मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकिदिनु भएको हो । 

मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव, स्वास्थ्य राज्यमन्त्री हसिना खान र वनमन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाउनु भएको हो । 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आआफ्नो पदबाट राजीनामा दिएकाले उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकिएको उल्लेख छ ।

टिप्पणीहरू