अपूर्ण नेतृत्व चयनसँगै एकीकृत समाजवादीको महाधिवेशन समापन

अपूर्ण नेतृत्व चयनसँगै एकीकृत समाजवादीको महाधिवेशन समापन

अपूरो नेतृत्व चयन गर्दै एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

आइतबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महाधिवेशनको छैठौँ दिन साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन टुंग्याइएको छ । महाधिवेशनले २१ सदस्यीय पदाधिकारी चयन गर्नुपर्नेमा अध्यक्ष, सम्मानित नेता र महासचिव मात्र पाएको छ ।

विधानतः बन्दसत्र हलबाट २९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुनुपर्ने थियो । अब ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व हुने गरी आज चयन भएका केन्द्रीय सदस्यहरुको उपस्थितिमा बाँकी सदस्य चयन गर्ने जनाइएको छ । 

त्यस्तै, पदाधिकारी, लेखा कमिटी र अनुशासन आयोगलाई पनि सोही विधिबाट पूर्णता दिइनेछ । ९३ जना केन्द्रीय सदस्यले आज सपथ ग्रहण गरेका छन् । भोलि आलोकनगरस्थित पार्टी मुख्यालयमा केन्द्रीय कमिटी बैठक राखिएको छ ।

  महाधिवेशनले १९ बुँदे प्रस्ताव पारित गर्दै पार्टी पंक्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्वान गरेको छ ।

टिप्पणीहरू