पेरिस पुग्यो ओलम्पिक प्रत्यक्ष प्रशारणका लागि चिनियाँ युएचडी भ्यान

सुन्नुहोस्

३३ औं ओलम्पिक यहि जुलाई २६ तारिखदेखि फ्रान्सको राजधानी पेरिसमा शुरु हुँदैछ । अगष्ट ११ सम्म १७ दिन सञ्चालन हुने प्रतियोगिताका कतिपय खेल दुई दिन अगावै जुलाई २४ देखि खेलाईंदै छ । 

उक्त प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि चिनियाँ मिडिया ग्रुपको अत्याधुनिक लाइभ ब्रोडकास्ट भ्यान पेरिस पुगेको छ । सिसिटिभि प्लसका अनुसार ८के अल्ट्रा हाइ डेफिनिसन (युएचडि) भ्यान स्थानीय समयअनुसार हिजो दिउँसो त्यहाँ पुगेको हो ।

पानी जहाजमा लगिएको उक्त भ्यानलाई नेदरल्याण्ड्सको बन्दरगाह रोटेरडम बन्दरगाहबाट बेल्जियम हुँदै पेरिस पुर्याइएको जनाइएको छ । भ्यानले उद्घाटन र समापन समारोहका साथै विभिन्न खेलका विधाहरुको प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसका लागि दुई हजारभन्दा बढी कर्मचारी, पत्रकार र प्राविधिक सहभागी हुँदैछन् । ११ हजारभन्दा बढी घण्टा उच्चस्तरीय टेलिभिजन सिग्नलसहित प्रशारण हुने लाइभ ब्रोडकास्टले विश्वमा पहिलो पटक फोर के युएचडी सिग्नल वितरण गर्दैछ । 

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू