सिनेमालाई कसरी भुईं तहका जनतासम्म पुर्याउने ? (चिनियाँ अनुभव)

सिनेमालाई कसरी भुईं तहका जनतासम्म पुर्याउने ? (चिनियाँ अनुभव)
सुन्नुहोस्

नेपाली पत्रकार तथा लेखकहरुको टोलीले चीनको पश्चिम भागमा अवस्थित छिङहाइ प्रान्तको भ्रमण गरेको छ । टोलीले त्यहाँका १२ लाख मुस्लिम र बौद्धलगायत धर्म मान्ने कूल ६० लाख बासिन्दाको प्रतिनिधिमूलक संस्थाहरुको स्थलगत निरीक्षण गरेको छ । सो क्रममा सम्बन्धित अगुवाहरुसँग अन्तरक्रिया गर्नुका साथै जातीय भाषा अनुवाद केन्द्र अवलोकन गरेको चाइना ओआरजी डट सिएनको चाइना नेटले जनाएको छ ।

केन्द्रले जातीय समूहहरूबीच सांस्कृतिक आदानप्रदानको प्रवद्र्धनमा गहन अनुसन्धान गर्दै आएको बताइन्छ । जातीय भाषासम्बन्धी रेडियो,चलचित्र र टेलिभिजन कार्यक्रमहरुको अनुवाद पनि केन्द्रमा हुने गरेको छ । त्यसैगरी विभिन्न चलचित्र र टेलिभिजन कार्यक्रमसमेत तिब्बतीलगायत स्थानीय भाषामा अनुवाद हुने गरेको जानकारी दिइएको छ ।

चलचित्र अनुवादका लागि दुई हप्ताको समय लाग्ने गरेको छ । हरेक वर्ष अनुवादित चलचित्रको संख्या ६५ बढी पुग्ने गर्दछ । अनुवाद केन्द्रका निर्देशक योङ बाले तिब्बती भाषामा अनुवाद गरिएका चलचित्र र टेलिभिजन कार्यक्रम स्याटेलाइट टिभीमार्फत् प्रशारण हुने गरेको जानकारी दिए ।

नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका महासचिव किशोर श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा १० सदस्य छन् । अवलोकनपछि गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले चाइना नेटसँगको कुराकानीमा भनेका छन्, ‘केन्द्र सबै जातजातिका युवाको प्रतिभा प्रस्फुटनमा केन्द्रित रहेको पाइयो । चीन सरकारले जातीय समूहहरूबीच सद्भाव कायम राख्दै उनीहरुको विकासलाई उच्च प्राथमिकतामा राखेको रहेछ । यो कुरा विश्वका सबैजसो मुलुकलाई अनुकरणीय उदाहरण बन्न सक्छ ।’

टिप्पणीहरू