नेपाली पत्रकारलाई पछ्याउँदै चिनियाँ पत्रकार

नेपाली पत्रकारलाई पछ्याउँदै चिनियाँ पत्रकार
सुन्नुहोस्

नेपाली लेखक तथा पत्रकारहरुको एउटा टोली दश दिनदेखि चीनको छिङहाई प्रान्तको भ्रमणमा छ । ह्वाङ ह नदी अर्थात पहेँलो रंगको देखिने एल्लो रिभरको मुहान पुगेको टोलीलाई पछ्याउँदै चिनियाँ समाचार समिति सिएनएसका पत्रकारहरुले  बेइजिङबाट एउटा स्टोरी प्रकाशित गरेका छन् । 

चाइना न्युज डट कमले हिजो निकालेको सिएनएसका पान युचे र मा मिङयानको उक्त समाचारमा भनिएको छ:

पहेँलो नदीको नीलो छाल,कञ्चन आकाशमा देखिएका छिटपुट बादलसँगै नेपाली टोलीले छिङहाइको देजी गाउँका वासिन्दासँग स्थानीय उत्पादनबारे छलफल गरेका छन् । स्थानीय किसानको उठेको जीवनस्तर,रहनसहनले पनि नेपाली पत्रकारहरुको हातमा रहेको कापी र कलमलाई लेख्न घच्घचाइरहेको थियो भने क्यामरालाई दृश्य खिच्न बाध्य बनायो । भ्रमणमा पत्रकारहरुलाई स्थानीय गुम्बा,मन्दिर,संग्रहालय, गाउँलेको सुविधा सम्पन्न वासस्थान र नजिकै एल्लो रिभरको दृश्यावलोकनले मोहित पारेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

उनीहरुले पठार क्षेत्रको छिङन्यानस्थित सुन्ह्वा काउण्टीको आधुनिक कृषि औद्योगिक पार्क अभिरुचीपूर्वक अवलोकन गरेका थिए । यसअघि हाइतोङ नगरको सुन्ह्वा सालार स्वायत्त काउण्टी र ह्वाङनान तिब्बती स्वायत्त प्रिफेक्चरको चियान्चिया काउण्टी भ्रमण गरिसकेका छन् । एल्लो रिभरको माथिल्लो भेगमा पुगेर नेपाली टोलीले ग्रामीण उद्योग,परम्परागत आर्किटेक्चर,संस्कृतिको प्रत्यक्ष अनुभव गरेको छ ।

भ्रमणपछि टोली सदस्य तथा राजनीतिक विश्लेषक झलकप्रसाद सुवेदीले भने, ‘विगतमा माओलगायतका कृति,चिनियाँ फिल्मबाट देखेको र सुनेको यो क्षेत्रको प्राकृतिक र ऐतिहासिक वैभवताको आज प्रत्यक्ष अनुभव गर्न पाइयो । पठार क्षेत्रको उपत्यकामा देखिएको विकसित आधुनिक कृषि र स्थानीयको उन्नतस्तरको जीवनयापनले मनै लोभ्याएको छ ।’

‘सानो छँदा पुस्तकमा पढिएको एल्लो रिभरको हजारौं वर्षको चिनियाँ इतिहास, कैयाैं सभ्यताको प्रत्यक्ष अनुभवले नदीलाई मानव जीवनमा सँधै आशाको दियोको रुपमा लिनुपर्ने शिक्षा मिलेको छ ।’

अर्का टोली सदस्य कान्तिपुर दैनिकका दीपक सापकोटाले चीनको सो क्षेत्रलाई सच्चा पृथ्वीको उपमा दिएका छन् । उनले अमेरिकी लेखक पर्ल एस. बकको पुस्तक ‘द गुड अर्थ’ सँग दाँज्दै स्थानीयको लगनशीलता, परिश्रम र सरकारको योगदानको उच्च प्रशंसा गरेका छन् । भन्छन्, ‘चीनको ग्रामीण भेगका स्थानीयको मुहारमा पूर्ण परिवर्तन आइसकेको छ । उनीहरुले विगतको मेहनतलाई बिर्सेका छैनन्,साथसाथै आफ्ना पुर्खा र थातथलोको मुक्तकण्ठले प्रशंसा गरेको पाइयो ।’ उनले अन्तमा भौगोलिक हिसाबले समान रहेको नेपालले पनि छिङहाइको तेची गाउँको विकास मोडललाई अपनाउँदा उपयुक्त हुने धारणा व्यक्त गरे ।

उकालो न्युजकै देवेन्द्रराज भट्टराईले एसिया महाद्विपको अधिकांश भागमा जल,जीवन र मानव सभ्यताबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । ह्वाङ ह नदीको मुहान क्षेत्रको मानव सभ्यता र बस्ती पनि त्यसैको एक भाग रहेको भट्टराईको भनाइ छ । टोली प्रमुख तथा नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष एवं जनआस्था सम्पादक किशोर श्रेष्ठले पनि चीन र नेपालबीच रहेको नदी सभ्यता र यसको विकासबारे चर्चा गरेका छन् । एल्लो रिभरको झण्डै पाँच हजार किलोमिटर लामो क्षेत्रमा निर्मित कैयौं जलविद्युत परियोजना, पर्यटन र कृषिको समन्वयकारी विकासलाई नमूनाको रुपमा लिन सकिने श्रेष्ठको भनाई छ ।

उन भने, ‘सानो छँदा पुस्तकमा पढिएको एल्लो रिभरको हजारौं वर्षको चिनियाँ इतिहास, कैयाैं सभ्यताको प्रत्यक्ष अनुभवले नदीलाई मानव जीवनमा सँधै आशाको दियोको रुपमा लिनुपर्ने शिक्षा मिलेको छ ।’

यसैबीच नेपाली प्रतिनिधिमण्डलले हाइनान तिब्बती स्वायत्त प्रिफेक्चरको कोङह काउण्टीमा रहेको विशाल छिङहाइ तालको पनि अवलोकन गरेको चाइना न्युज नेटवर्कले जनाएको छ । तालको दक्षिण किनारबाट ताल र राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रको अवलोकन गर्ने क्रममा चीनमा मात्रै पाइने मृग वर्गको पर्जवाल्सकी गजेलाको बथानसमेत देखिएको थियो ।

यो पनि...

१. स्वच्छ ऊर्जामा फड्को,चीनको उन्नति चर्को

२. चिनियाँ चाडको अनुभव बटुल्दै नेपाली पत्रकारहरु सिनिङ्गमा (फोटो फिचर)

३. सिनेमालाई कसरी भुईं तहका जनतासम्म पुर्याउने ? (चिनियाँ अनुभव)

 

 

टिप्पणीहरू