बुलेट रेलपछि चीनको अर्को चमत्कारिक सफलता

बुलेट रेलपछि चीनको अर्को चमत्कारिक सफलता

 फाेटाे : सिजिटिएन ।

चीनले विभिन्न क्षेत्रमा हासिल गरेको सफलताले विश्वलाई नै चकित तुल्याएको छ । त्यसमध्ये पछिल्लो उपलब्धी बुलेट रेल हो । प्रतिघण्टा चार सय किलोमीटरको हाराहारीमा कुद्ने उक्त रेलको अनुसरण विश्वभर गरिएको छ । यसले २१ औं शताब्दीको सार्वजनिक यातायातमा क्रान्ति नै ल्याइदिएको छ ।

चीनले हालै प्रतिघण्टा एक हजार किलोमीटर दौडने अल्ट हाइस्पीड (युएचडी) रेल बनाएको जनाएको छ । उत्तर पश्चिम चीनको शान्सि प्रान्तमा गरिएको हालैको परीक्षणमा उक्त दाबीको पुष्टि गरिएको छ । यो रेल चीनको एरोस्पेस साइन्स एण्ड इण्डस्ट्री कर्पोरेसन लिमिटेड र शान्सी प्रान्तले संयुक्त रुपमा बनाएका हुन् । करिब २ किलोमीटर दूरीमा गरिएको उक्त परीक्षणले रेल प्रतिघण्टा एक हजार किलोमीटर दौडनेसक्ने देखिएको हो ।

उक्त परीक्षणपछि सरकारी अधिकारीहरुले भविश्यमा ठूला शहरबीचको यातायातमा यो रेलको प्रयोग हुनसक्ने बताएका छन् । सबै हिसाबले सफल भएमा राजधानी बेइजिङ र सांघाईबीचको आउजाउ समय बढीमा डेढ घण्टामा सीमित हुनेछ ।                              

टिप्पणीहरू