चीनको काफल विदेशमा छ्याप्छ्याप्ती

चीनको काफल विदेशमा छ्याप्छ्याप्ती
सुन्नुहोस्

विश्वका धेरैजसो मुलुकमा चिनियाँ कृषिदेखि औद्योगिक उत्पादनसम्म बिक्री हुँदै  आएको छ । विभिन्न फलफूलझैँ काफल पनि चीनबाट सिंगापुर, क्यानडा, युएइसम्म पुग्ने गरेको छ ।

चिनियाँ समाचार संस्था सिजीटिएनका अनुसार चीनको पूर्वी प्रान्त चच्याङबाट पछिल्लो समय सयौं किलोग्राम काफल विदेश निर्यात हुने गरेको छ । प्रान्तको लिशुईबाट पोहोरको तुलनामा यो वर्ष दोब्बर काफल निर्यात भएको हो ।

पछिल्लो एक सातामा चीनबाट ती मुलुकमा सयौं किलोग्राम काफल जहाजबाट पठाइएको छ ।

टिप्पणीहरू