खाद्य उत्पादन र वितरणमा चिनियाँ ‘चमत्कार’

खाद्य उत्पादन र वितरणमा चिनियाँ ‘चमत्कार’
सुन्नुहोस्

नेपालसहित विभिन्न मुलुकका झण्डै तीन दर्जन सहभागीलाई चीनको राजधानी बेइजिङमा फुड प्रोसेसिङसम्बन्धी तालिम दिइएको छ ।  

‘चाइना नेसनल रिसर्च इन्स्टिच्युट अफ फुड एण्ड फरमेसन इन्ड्रस्टिज कोअपरेसन लिमिटेड’को आयोजनामा सञ्चालित तीन साता लामो तालिममा नेपाल, अफगानिस्तान, जोर्डन, मौरिसस, बोलिभिया, थाइल्याण्ड, युगाण्डा, तान्जानिया, सोलोमन आइल्याण्ड, त्रिनिडाड एन्ड टोबागोलगायत मुलुकका प्रतिनिधि सहभागी थिए । 

खाद्य उत्पादनमा चीनले गरेको विकास र नयाँ प्रविधिबारे जानकारी दिन आयोजना गरिएको तालिममा डेरी, गाई फार्म, पानीमा गरिएको तरकारी खेती, च्याउ खेती, माछापालन, दुग्धजन्य पदार्थको उत्पादन तथा प्रशोधन, बियर उत्पादन, फलफूल खेती, समुद्री खानाको उत्पादन, सफाई र प्याकेजिङ, बेकरी, चाउचाउलगायत उद्योगको अवलोकन भ्रमण गराइएको थियो ।

त्यस्तै, चिनियाँ कला, संस्कृति र आधुनिक विकासबारे जानकारी गराउन सहभागीहरुलाई ग्रेटवाललगायत विश्वप्रख्यात स्थानको भ्रमणसमेत गराइएको जनाइएको छ ।

टिप्पणीहरू