चीनमा विदेशी पर्यटकको ओइरो

चीनमा विदेशी पर्यटकको ओइरो

विश्वका धेरैजसो मुलुकमा पर्यटन व्यवसायले पहिलेको लय समान्त सकेको छैन । तर छिमेकी चीनमा चालु वर्षको प्रथम सात महिनामा उल्लेख्य पर्यटक भित्रिएको बताइएको छ ।

चीनमा गत जुलाइसम्म एक करोड ७२ लाख ५० हजार पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको तुलनामा करिब १३० प्रतिशतले बढी हो । चीनको राष्ट्रिय अध्यागमन कार्यालयका अनुसार यसबाट चीनको बजार अर्थतन्त्रमा एक अर्ब ४० करोड अमेरिकी डलरको योगदान पुगेको अनुमान छ ।

चीनले पछिल्लो सात महिनामा विदेशी नागरिकलाई आठ लाख ४६ हजार वटा भिसा प्रदान गरेको थियो । यो पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८३ प्रतिशतले बढी हो ।

यसबीचमा चीन भित्रिएका र चीनबाट अन्यत्र मुलुक घुम्न गएका कुल यात्रु संख्या ३४ करोड १० लाख पुगेको छ । यो अघिल्लो वर्षको सात महिनाको तुलनामा झण्डै ६३ प्रतिशतले बढी हो ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू